राजनीति

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

फाइल तस्बिर

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ। कांग्रेसले दिउँसो ३ बजे पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेको बताए।

महतले पत्रकार सम्मेलनमा निर्वाचन र पार्टी गतिविधिसम्बन्धी पछिल्लो जानकारीहरु दिने छन्। महत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहेका छन्। 

प्रकाशित: ३१ आश्विन २०७९ ०३:१७ सोमबार

नेपाली कांग्रेस