राजनीति

राजु गुरुङको उम्मेदवारी खारेज तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ।  

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गूरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। सर्वोच्चले दुवै पक्षलाइ छलफलकालागि कात्तिक २ गते बोलाएको छ।  

चेक बाउन्स प्रकरणमा कालो सूचिमा परेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरीदिएको थियो। गुरुङले आयोगको निर्णय बिरुद्ध उम्मेदवारी कायम गरीपाउ भन्दै सर्वोच्चमा मुद्या दायर गरेका थिए। 

सोही मुद्याको सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन आयोगलाइ कारण देखाउ अल्पकालिन आदेश जारी गरेको हो। गुरुङ सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

प्रकाशित: ३० आश्विन २०७९ १६:१६ आइतबार