राजनीति

प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढ्यो: माधव नेपाल

फाइल तस्बिर।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बाम लोकतान्त्रिक गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन्।  

काठमाडौँमा  गठबन्धनका दलहरुकाे संयुक्त प्रशिक्षणमा बोल्दै उनले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढेको बताएका हुन्।

‘हामीले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएका छौँ। संविधान र लोकतन्त्र नै धरापमा परिसकेको थियो।’, उनले भने ‘बाम लोकतान्त्रिक गठबन्धनले त्यसको रक्षा गरेको छ। प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढुंगले अगाडि बढेको छ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित  गर्दै बानी बिग्रेपछि सच्चिन गाह्रो हुने बताए। उनले भने, ‘तपाईंहरु सचेत बन्नुहुन्छ भन्नेमा ढुक्क छौँ। हामी जनताको अधिकारको पक्षमा छौँ। भोलि पनि महत्व गठबन्धन दलकै छ।’

प्रकाशित: ३० आश्विन २०७९ ०९:३९ आइतबार

अध्यक्ष माधव नेपाल