राजनीति

सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन्।  

निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहिता अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए।

प्रकाशित: २९ आश्विन २०७९ ०५:५६ शनिबार

मेटमणि चौधरी