राजनीति

कांग्रेस मार्गचित्र: विकास र समुन्नति

नेपाली कांग्रेसले आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्रसहित प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणापत्र तयार गरेको छ। केही दिनभित्र सार्वजनिक गर्ने तयारीमा रहेको कांग्रेस निर्वाचन घोषणापत्रमा आगामी पाँच वर्षमा मुलुकको आर्थिक विकास र समुन्नति कसरी गर्ने भन्ने मार्गचित्र कोरिएको जानकारी सहमहामन्त्री जीवन परियारले दिए।

२०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारले मुलुकको आर्थिक विकासमा गरेका महत्वपूर्ण कामलाई घोषणपत्रमा समेटिएको छ। राजनीतिक स्थायित्व, स्थिरता र संविधान रक्षाका विषयमा पार्टीले अंगीकार गरेका र गर्ने कार्ययोजना पनि घोषणापत्रमा समेटिएको सहमहामन्त्री परियारले बताए। केपी ओली नेतृत्वको सरकारले संविधानविरुद्ध गरेका कामलाई पनि कांग्रेसले घोषणापत्रमार्फत जनतामाझ लैजाने भएको छ। ‘२०७४ सालको निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारले संसदीय लोकतान्त्रिक शासन प्रणालीकै विरुद्धमा विभिन्न गतिविधि सञ्चालन ग¥यो,’ सहमहामन्त्री परियारले भने, ‘कांग्रेस नेतृत्वमा २०७२ मा जारी भएको संविधानको रक्षा गर्ने मूल नेतृत्व पनि हामी नै लिन्छौं।’  

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित घोषणापत्र तयारी समितिले तयार पारेको मस्यौदामा पार्टीका नेताहरूले आआफ्नो सुझाव दिएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले सुझावसहित घोषणापत्र मस्यौदा अनुमोदन गरेको छ।

प्रकाशित: २९ आश्विन २०७९ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App