राजनीति

आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु

निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै शुरु गर्ने जनाएको छ ।

बिहीबार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट शुरु गर्ने बताएका हुन्। उनले समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको र प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट शुरु गर्ने बताए। उनले भने, ‘मतपत्र छपाई गर्ने कार्यक्रम निरन्तर जारी छ, आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै शुरु हुन्छ ।’

प्रकाशित: २७ आश्विन २०७९ ११:५५ बिहीबार

निर्वाचन आयोग