राजनीति

काँग्रेसले भन्यो: ३१ असोजसम्म बागी उम्मेदवारी निष्क्रिय बनाए कारवाही फुकुवा हुन्छ

नेपाली काँग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पारे कारवाही फुकुवा गर्ने भएको छ।

बिहीबार काँग्रेसले विज्ञप्ति निकालेर सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी बन्नेहरुलाई उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ। बुधबार काँग्रेसले बागी उम्मेदवारी दिएकाहरुलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको बताएको थियो। यदि ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

बिहीबार जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याइ फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ।’

प्रकाशित: २७ आश्विन २०७९ १०:५४ बिहीबार

नेपाली कांग्रेस