राजनीति

ताप्लेजुङका २३ मतदानस्थल ‘अति संवेदनशील ’ सूचीमा

जिल्ला सुरक्षा समितिले आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङका ७५ मध्ये २३ मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ। 

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवंम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार २३ मतदान स्थललाई संवेदनशील र २९ मतदानस्थललाई सामान्य अवस्थाको भनेर औंल्याइएको छ। यसअघि ७३ मतदान स्थल भएकोमा यसबर्ष फुङलिङ नगरपालिका वडा नं ९ स्थित शिव आधारभूत मतदानस्थल र मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङस्थित सिम्बुक आधारभूत बिद्यालय स्थल थप भएका छन्। 

थप भएका दुवै मतदान स्थल संवेदनशीलका हिसावले सामान्य अवस्थाका रहेको सुरक्षा समितिले औंल्याएको छ। जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि,भौगोलिक बिकटता, सुरक्षा संवेदनशीलता लगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको सुरक्षा स्रोतले बताएकाे छ। यसबाहेक विगत निर्वाचनमा देखिएका र अब हुनसक्ने गतिविधिलाई समेतलाई आधार बनाई मतदान स्थलको सुरक्षा संवेदनशीलता वर्गीकरण गरिएको हो।

प्रकाशित: २७ आश्विन २०७९ ०९:५४ बिहीबार

‘निर्वाचन