राजनीति

एमालेभित्रै बसेर न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहन्छु: भिम रावल

नेकपा एमालेका नेता डा. भिम रावलले पार्टी नछाड्ने बताएका छन्। उनले एमालेभित्रै बसेर न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहने घोषणा गरेका हुन्।

आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि असन्तुष्ट रहेका नेता रावलले  पार्टीमै रहेर संघर्ष गर्ने बताएका हुन्।

रावलसँगै टिकट नपाएका स्थायी कमिटी सदस्य घनश्याम भुसालले तत्कालै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। रावलले भने आफूसँग त्यो विकल्प रहे पनि पार्टी नछाड्ने बताए।

उनले आफ्नो अभियानमा पार्टीका कार्यकर्ताबाट साथ हुने बताए।

प्रकाशित: २७ आश्विन २०७९ ०९:१५ बिहीबार

भिम रावल नेकपा एमाले