राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।

बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन। तर बैठकमा मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २७ आश्विन २०७९ ०७:५३ बिहीबार

नेपाली कांग्रेस