राजनीति

कालिकोटमा तोडियो गठबन्धन

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठबन्धन बिरुद्ध उम्मेदवारी दर्ता भएको छ। गठबन्धन बिरुद्ध प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका लेखा आयोग सदस्य कासिचन्द्र वरालले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धन बाट कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।  

यता नेकपा एमालेबाट प्रतिनिधि सभामा एमाले कालिकोट इन्चार्ज नगिन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन्। तेस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष खड्कराज शाही, स्वतन्त्रमा लच्छु चौलागाई, राप्रपाका धनवहादुर वुढा लगाएत ८ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।  

नेकपा एसका नेता शाही एमाले प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला ईन्चार्ज कुर्मराज शाहीलाई गठबन्धनले टिकट नदिएपछि एमाले प्रवेश गरेर उम्मेदवारी दर्ता गरेका छन्। कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर (क) मा गठबन्धनले उनलाई टिकट नदिएपछि उनले एमाले प्रवेश गरेका हुन्।  

फ्लोरक्रस गरेर आफुले गठबन्धनलाई जोगाउदा पनि  गठबन्धनले आफुलाई नटेरेको कारण आफुले एमालेमा प्रवेश गरेर उम्मेदवारी दिएको नेता शाहीले बताए। २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भएका शाही नेकपा विभाजनपछि फ्लोरक्रस गरेर समाजवादीमा बसेका थिए।

सत्ता गठबन्धनवाट प्रदेश (क) मा माओवादी नेता दुर्गहवादुर रावत र प्रदेश (ख) मा नेपाली काग्रेंसका हिक्मतवहादुर बिष्टले उम्मेदवारी दर्ता गराएका छन् । रावतले कालिकोट वाट र बिष्टले काठमाण्डौवाट उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन कार्यलय कालिकोटका सुचना अधिकारी प्रेमप्रकाश थापाका अनुसार प्रतिनिधि सभामा आठ जना र प्रदेश सभा (क) मा छ जना, (ख) गरि नौ जनाको उम्मेदवारी परेको छ।  

प्रदेश सभामा गठबन्धन तोड्दै नेकपा एसले जिल्ला अध्यक्ष बिश्वराज बमलाई प्रदेश (ख) मा उम्मेदवारी दर्ता गराएको छ। यस्तै (ख) मै नेकपा माओवादी केन्द्रका मानवहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। उनले आफुलाई टिकेट नदिएको भन्दै पलाँता गाउँपालिका अध्यक्ष बिष्णु रोकायालाई साथमा ल्याएर उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै पलाँता गाउपालिका पुर्व अध्यक्ष लक्ष्मणवहादुर बमले पनि स्वतन्त्रवाट उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एसका कालिकोट जिल्ला सह इन्चार्ज तुलाराज सिम्खाडाले पनि स्वतन्त्रवाट उम्मेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धनले आफ्नो पार्टीलाई धोका दिएको भन्दै सिम्खाडाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। कालिकोटमा प्रतिनिधि सभा र प्रदेश सभा गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: २३ आश्विन २०७९ १७:१० आइतबार