राजनीति

अर्घाखाँचीमा सहमती विपरीत राष्ट्रिय जनमोर्चाको उम्मेद्वारी

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएको छ। संघ र प्रदेशमा कुनै सिट नपाएको जनमोर्चाले केन्द्रिय सहमती विपरित मनोनयन दर्ता गराएको हो।  

लुम्बिनी प्रदेशको लागि प्रदेशसभा ‘क’ मा सागर के.सी. र प्रदेशसभा ‘ख’ मा जिवलाल पौडेलको उम्मेदवारी दर्ता गरिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीले जानकारी दिए। प्रदेशसभा ‘क’ मा दावी गर्दै आएको जनमोर्चाले सिट नपाएपछी उम्मेद्वारी दर्ता गराएको हो। प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका ठाकुर कुमार बिकले टिकट पाएका छन्।  

पार्टीको झण्डा र चुनाव चिह्न बोकेर नेता कार्यकर्ता तथा उम्मेद्वारहरु जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित: २३ आश्विन २०७९ १३:४५ आइतबार

अर्घाखाँची