राजनीति

प्रचण्डले भने- पूर्व पश्चिम, मधेश पहाड घुम्दै चुनाव लड्ने म नै पहिलो कि जस्तो लागेको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रस्ताबक र माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा दाहालले उम्मेदवारी दर्ता गराएका हुन्।  

बाजागाजा र सयौँ कार्यकर्ता सहित उम्मेदवारी दर्ता गराउन प्रचण्ड निर्वाचन कार्यालय पुगेका थिए।  

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले भने ‘यस्तो दिन पनि आउँदो रहेछ।’ बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ  र काँग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे प्रति इङ्कित गर्दै उनले थपे ‘कस्ता दिन पनि हामीले बेहो¥यौँ, हामी एकै ठाउँमा उभिएर समृद्धीको एउटा यात्राको सुरुवात गर्नेछौँ, नेपालमा नयाँ आर्थिक क्रान्ती गर्नुछ।’  

दाहालले उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचन कार्यालय भित्र पनि भनेका थिए ‘यस्तो दिनपनिआउँदो रहेछ।’ बाबुराम, नारायणकाजी र आफू बिचको अहिलेको सहकार्यलाई उनले यसरी स्मरण गरेका थिए।  

गोरखाबाट निर्वाचन लड्दा गर्व महशुस भएको उनले बताए। पहिलो पटक रोल्पा, त्यसपछि काठमाडौँ, सिराह, गृह जिल्ला चितवन हुँदै अहिले गोरखाबाट चुनाव लड्न लागेको प्रशंग जोड्दै उनले भने ‘यसरी देशको पूर्व पश्चिम, मधेश पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा म नै पहिलो छु कि जस्तो लागेको छ।’ अहिले गोरखाबाट उम्मेदवारी दिएसँगै यो रेकर्ड बनेको उनले बताए।  

गोरखामा आएर गोरखली जनताको बिचमा निर्वाचनमा सहभागी हुन पाउँदा विषेश गर्वको महशुस गरेको उनले बताए। गोरखा नेपाल इतिहासमा नै विशेष अर्थ र महत्व राख्ने जिल्ला भएको बताउँदै उनले इतिहास र आधुनिक नेपाल निर्माणको दृष्टिकोणले पनि गोरखा आफ्नो लागि परिचित भएको बताए।  

पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी यहाँबाट गरेको, त्यस अर्थमा पनि जनयुद्धको पहिलो सैनिक तालिम गोरखा २ को सिरानचोकबाट दिएको, पछि बाबुराम भट्टराईले चुनाव जितेको, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घरपनि यहाँ नै रहेको बताउँदै अध्यक्ष दाहालले हरेक दृष्टिकोणले सुपरिचत जिल्ला भएको बताए। ‘मलाई यहा ँआउँदा कता आएँ भन्ने लागेको छैन’उनले भने।  

संविधानको रक्षा गर्न गठबन्धन गरेको बताउँदै उनले जनयुद्ध र गणतन्त्रको आन्दोलन अघि बढाएको गोरखाबाट आर्थिक बिकस र समृद्धीको नयाँ क्रान्ती सुरु गर्ने बताए। ‘आर्थिक समृद्धीको नयाँ रोडम्याप गोरखाबाट कोर्नुपर्छ’ दाहालले भने।

प्रकाशित: २३ आश्विन २०७९ ११:२४ आइतबार

नेकपा माओवादी केन्द्र