राजनीति

तनहुँ–१ मा रामचन्द्र पौडेलको उम्मेदवारी

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ–१ मा प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। सोही क्षेत्रमा कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले पनि उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्रबाट जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि २०७४ मा पनि जोशीले उम्मेदवारी दर्ता गराएकोमा कांग्रेस नेता रामचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरिदिएको थियो।  

तनहुँमा जोशी र पौडेल पक्षबीच द्वन्द्व छ। अघिल्लो निर्वाचनमा पौडेललाई जोशीले सहयोग नगरेको र बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले जोशीलाई साधारण सदस्य समेत नरहनेगरि पार्टीबाट निस्कासित गरको थियो। पार्टीबाट निस्कासित जोशीले पौडेललाई अप्ठेरो पार्ने गरि उम्मेदवारी दिएको नेताहरुले बताएका छन्।

अघिल्लो निर्वाचनमा जोशीकै समर्थनमा तत्कालिन एमाले नेता कृष्णकुमार श्रेष्ठले निर्वाचनमा जित हात पारेका थिए भने पौडेल पराजित भएका थिए। गत स्थानीय तहको निर्वाचनमा पनि जोशी पुत्रसँग एमालेले सहकार्य गर्दै उम्मेदवार बनेका थिए।  

मनोनयन दर्ता गर्न जानुअघि आयोजित कार्यक्रममा पौडेलले आगामि निर्वाचनले प्रतिगामि अधिनायकबादलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने बताए ।  

प्रकाशित: २३ आश्विन २०७९ ११:२१ आइतबार

नेता रामचन्द्र पौडेल तनहुँ–१