राजनीति

चितवन-२ बाट एमालेका कृष्णभक्तको उम्मेदवारी दर्ता

चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा चुनावका लागि नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।  

आइतबार दिउँसो दुई बजे मुख्य निर्वाचनको कार्यालय  पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य तेजेन्द्र खड्का र समर्थकमा विजय सुवेदी रहेका छन्। पोख्रेल यसअघि चितवन दुईबाट दुईपटक विजयी भएका थिए।  

यस्तै चितवन क्षेत्र नं (२)बाट नेकपा एमालेका पोलीटबियुरो सदस्य  देवी ज्ञवाली र (ख) कृष्ण सिलवालले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २३ आश्विन २०७९ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App