राजनीति

सिन्धुपाल्चोकमा सापकोटा, दुलाल र पौडेल माओवादीका उम्मेदवार

सत्ता गठबन्धनबाट माओवादीले सिन्धुपाल्चोकमा पाएका सबै तीन सिटमा उम्मेदवार टुंगो लगाएको छ।  

क्षेत्र नं. १ मा माओवादीबाट माधव सापकोटा उम्मेदवार बनेका छन्। क्षेत्र नं. १ (ख) प्रदेशबाट सरल सहयात्री पौडेलले टिकट पाउँदा क्षेत्र न. २ (क) प्रदेशमा युवराज दुलाल उम्मेदवार बनेका छन्।  

कांग्र्रेसले क्षेत्र नं २ र त्यसको (ख) प्रदेश तथा क्षेत्र नं. १ (क) प्रदेश भागमा पाएको छ। क्षेत्र नं. २ मा कांग्रेसले मोहनबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ। तर दुई प्रदेशको उम्मेदवार कांग्रेसले अझै टुंग्याउन सकेको छैन।  

क्षेत्र नं. १ सभामुख अग्निप्रसाद सापकोटा निर्वाचित हुँदै आएको क्षेत्र हो। उनले शनिबार यसपटक चुनावमा भाग नलिने बताएका थिए। यो क्षेत्रमा टिकट पाएका माधव सभामुख सापकोटाका भतिजा हुन्। पोलिट्व्यूरो सदस्य रहेका उनी जिल्ला पार्टी इन्चार्ज पनि छन्।  

१ (ख) बाट उम्मेदवार बनेका पौडेल माओवादी बागमती प्रदेश अध्यक्ष हुन्। उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा साविक क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए। २ (क) मा टिकट पाएका दुलाल बागमती प्रदेशका निवर्तमान सांसद हुन्। पुनः सोही प्रदेश क्षेत्रमा दोहोरिएका उनी पार्टी पोलिट्व्यूरो सदस्य छन््। उनी बागमती प्रदेशको सामाजिक विकास मन्त्रीसमेत बनेका थिए।

प्रकाशित: २३ आश्विन २०७९ ०६:०९ आइतबार

(माओवादी केन्द्र)