आगामी निर्वाचनका लागि नेपाली काँग्रेसले योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई चितवन १ र राज्यमन्त्री उमेश श्रेष्ठलाई चितवन २ बाट उम्मेदवार बनाएको छ।
चितवन क्षेत्र नम्बर १ बाट योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्ले पनि सिफारिस भएका थिए।
चितवन १ बाट एमालेका सुरेन्द्र पाण्डे र २ बाट कृष्णभक्त पोखरेल चुनाव लड्दैछन्। स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने पनि चितवन २ बाट लड्ने तयारीमा छन्। उनी क्षेत्र नम्बर ३ वा २ मध्ये एकबाट लड्ने तयारी गरेका छन्। क्षेत्र नम्बर ३ मा गठबन्धनबाट माओवादीका डा. भोजराज अधिकारीले टिकट पाएका छन्।
प्रकाशित: २३ आश्विन २०७९ ०५:१६ आइतबार