राजनीति

घनश्याम भुसालले रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने

फाइल तस्बिर

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेता घनश्याम भुसालले रूपन्देही-१ बाट स्वतन्त्र उमेदवारी दिने भएका छन्।

नेकपा एमाले परित्याग गरेका नेता भुसालले आइतबार बिहान भएको पत्रकार सम्मेलनमा आफू रूपन्देही-१ बाट स्वतन्त्र उमेदवारी दिने बताएका हुन्।  

स्वतन्त्र उम्मेदवार भने पनि आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने भुसालले बताएका छन्।

प्रकाशित: २३ आश्विन २०७९ ०३:३८ आइतबार

नेता घनश्याम भुसाल