राजनीति

सभामुख सापकोटाले छाडे सरकारी निवास

फाइल तस्बिर।

सभामुख अग्निप्रसाद सापकोटाले सरकारी सेवा सुविधा त्याग गरेर निजी निवास फर्किएका छन्। सभामुखको हैसियतमा पाएको सवारी साधन तथा सरकारी आवास फिर्ता गरेर निजी निवासमा फर्किएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

सापकोटा लामो समयदेखि भक्तपुरको कौशलटारमा बस्दै आएका छन्। सभामुखको हैसियतमा उनी लैनचौरस्थित सरकारी निवासमा बस्दै आएका थिए। संसद् सचिवालयबाट पाएको गाडी, ल्यापटप, मोबाइल तथा ब्रिफकेश बुझाएर उनी निजी निवास फर्किएका हुन्। 

प्रकाशित: २२ आश्विन २०७९ १२:१७ शनिबार

अग्निप्रसाद सापकोटा