राजनीति

मोरङमा एमालेले टुंग्यायो उम्मेदवार

मोरङमा नेकपा एमालेले  उमेदवार टुंगो लगाएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले मोरङमा उमेदवार टुंगो लगाएको  हो।

मोरङ क्षेत्रनम्बर १ मा घनश्याम खतिवडा, प्रदेश (क) मा उमाकान्त गौतम र (ख) मा खड्ग बस्नेत छन्। क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ  ऋषिकेश पोखरेलले टिकट पाएका छन् भने प्रदेश (क) मा डिबी कार्की र प्रदेश (ख) मा लिलाबल्लभ अधिकारी उम्मेदवार बन्ने भएका छन्।  

क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकालले टिकट पाएका छन्। प्रदेश (क) मा किशोर राई र (ख) मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका छन्। क्षेत्र नम्बर ४ बाट विनोद ढकाललाई  एमालेले टिकट दिएको छ। प्रदेश तर्फ  (क) मा जयप्रकाश चौधरीले टिकट पाएका छन्। 

मोरङ क्षेत्रनम्बर ५को  (क) मा एमालेका सन्तोष साहले टिकट पाएका छन्। मोरङ ६ बाट लालबाबु पण्डितले टिकट पाएका छन्। प्रदेश तर्फ (क) बाट रिता न्यौपानेले टिकट पाएकी छिन्। जसपासँग गठबन्धन गरेको एमालेले मोरङको क्षेत्र नम्बर ५ जसपालाई छाडेको छ। 

यस्तै क्षेत्र नम्बर ५ को प्रदेश तर्फको (ख) निर्वाचन क्षेत्र ४ को प्रदेश तर्फको (ख) निर्वाचन क्षेत्र र क्षेत्र नम्बर ६ को प्रदेश तर्फको (ख) निर्वाचन क्षेत्र जसपालाई छाडेको छ।

प्रकाशित: २२ आश्विन २०७९ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App