राजनीति

भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह

अछाम १ मा भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले राजीनामा दिएका छन्।

राजीनामा दिनेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन्।

पार्टीले तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको उनीहरुले बताएका छन्।

अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन्। ओलीले रावलको क्षेत्रमा माओवादी त्यागेर एमाले प्रवेश गरेका भपट बोहोरालाई टिकट दिएका थिए।

प्रकाशित: २२ आश्विन २०७९ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App