राजनीति

टिकट पाउने आशमा लोसपाका नेता तथा पूर्व मन्त्री मियाँ एमालेमा प्रवेश

२०७४ सालको निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लोसपा नेता तथा  पूर्व मन्त्री एकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी ओलीले मियाँलाई टिका र खादा लगाएर एमालेमा प्रवेश गराएका हुन्। लोसपा काँग्रेस नेतृत्वको गठबन्धनमा सहभागी भएपछि सो क्षेत्रबाट आफूले टिकट नपाउने देखेर मियाँ एमालेमा प्रवेश गरेका हुन्।

सत्तारुढ दलहरुले सो क्षेत्रको प्रतिनिधिसभाको सिट एकीकृत समाजवादी र प्रदेश क माओवादी, प्रदेश ख काँग्रेस भागबन्डा परेको बताइएको छ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा मियाँ १३ दिन मन्त्री समेत बनेका थिए।

मियाँलाई अध्यक्ष ओलीले भित्र्याएपछि एमालेमा देवनारायण चौधरीले प्रतिनिधिसभाको टिकट पाउने सम्भावना कम छ।

एमालले सो क्षेत्रबाट देवनारायण चौधरीको एकल नाम सर्वसम्मत सिफारिस गरेको थियो।  

एमालेबाट टिकट पाउने आश्वासन पाएपछि १३ असोजमा नेकपा एसका जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्माले एमाले प्रवेश गरेका थिए।

अर्का प्रदेश सांसद सहित ११ एकीकृत समाजवादीका नेताहरुलाई एमालेमा  फर्काउन भूमिका खेलेका बिश्वकर्माको टिकट पनि खोसिने सम्भावना छ।

एमालले प्रतिनिधिसभाको टिकटको लागि क्षेत्रबाट एमालेका एकल नाम सिफारिस देवनारायण चौधरीले अहिले मलाई क्षेत्र नम्बर ४ क बाट प्रदेश सभामा चुनाव लड्न र एकवाल मियाँलाई प्रतिनिधिसभामा सहयोग गर्न आश्वासन दिएको।आएको र आफुले प्रतिनिधी सभा सदस्यमै चुवान लडन तयार रहेको बताएका छन्।

प्रकाशित: २२ आश्विन २०७९ ०८:३५ शनिबार

नेकपा एमाले