नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य तर्फको टिकट पाएका छन्।
यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा जेएन थपलिया र ‘ख’मा प्रकाश खनाल (सैलेश)ले टिकट पाएका छन्।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। प्रदेशसभा तर्फ क्षेत्रनम्बर २ को ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीले टिकट पाएका छन्।।
चितवन क्षेत्र नम्बर ३ को उम्मेदवार भने टुंगो लगाएको छैन। तर प्रदेशसभा तर्फ भने ‘क’मा कृष्ण भुर्तेल र ‘ख’मा सरस्वती विष्ट उम्मेदवार हुने तय भएको छ। राप्रपासँगको तालमेलबारे कुरा भइरहेकाले क्षेत्र नम्बर ३ मा उम्मेदवारको लगाउन सकेको छैन। प्रतिनिधि सभा सदस्यका लागि एमालेबाट रामप्रसाद न्यौपाने एकल रूपमा सिफारिसमा परेका छन्। क्षेत्र नम्बर ३ राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको पनि क्षेत्र हो। राप्रपासँग तालमेल भएमा दुईमध्ये एकजना उम्मेदवार बन्नेछ।
प्रकाशित: २२ आश्विन २०७९ ०६:०० शनिबार