राजनीति

बाबुरामले दिए प्रचण्डलाई विजयको शुभकामना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विजयको शुभकामना दिएका छन्। 

दाहालले गोरखा–२ बाट चुनाव लड्ने भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत विजयको शुभकामना दिएका हुन्। 

भट्टराईले ट्विटरमा लेखेका छन्,'मैले प्रतिनिधित्व गर्दै आएको गोरखा(२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना!'

प्रकाशित: २२ आश्विन २०७९ ०१:३६ शनिबार

पुष्पकमल दाहाल डा. बाबुराम भट्टराई