राजनीति

अछाममा भीम रावलले पाएनन् टिकट, झपट बोहरा एमालेको उम्मेदवार

नेकपा एमालेका नेता भीम रावलले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाउने भएका छन्।

अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट दिएन। रावलले लड्ने अछाम १ बाट झपट बोहरा अब प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन्।  

यस्तै अछाम–२ प्रतिनिधि सभातर्फ यज्ञ बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन्।

नेकपाको एकता बदर हुँदाताका माधव प्रचण्ड समूहमा रहेका रावल एमाले विभाजन भएपछि भने एमालेमै बसेका थिए।

प्रकाशित: २१ आश्विन २०७९ ११:५२ शुक्रबार

नेकपा एमाले