राजनीति

जसपासँग वार्ता जारी छ, टुंगिएको छैन: उपाध्यक्ष ज्ञवाली

फाइल तस्बिर।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनता समाजवादीसँग चुनावी गठबन्धनका बिषयमा छलफल चलिरहेको बताएका छन्। तर वार्ता टुंगोमा पुगिनसकेको उनले बताए। 

उनका अनुसार वार्तामा एमाले अध्यक्ष केपी ओली सहित एमाले नेता तथा जसपाका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु सहभागी छन्।  

ज्ञवालीका अनुसार जसपाले माग गरेको सिट संख्यामा कुरो मिल्न सकिरहेको छैन।  जसपाले गठबन्धनका लागि एमालेसँग २५ सिट माग गरेको छ। ‘जसपाले २५ सिट माग गरिरहेको छ, यो बढी भयो,’ज्ञवालीले नागरिकसँग टेलिफोनमा भने ‘२५ सिट त उनीहरुलाई कसरी दिन सकिन्छ ?’ वार्ता अहिले पनि जारी रहेको र सिट संख्या घटाएर जसपासँग सहमती कायम गर्ने रणनीतिमा एमाले रहेको पनि उनले बताए।

प्रकाशित: २१ आश्विन २०७९ ०८:२९ शुक्रबार

नेकपा एमाले जसपा