राजनीति

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर।

सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ दल गठबन्धनको बैठक सुरू भएको छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको छ। गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपा असन्तुष्ट छ। एकीकृत समाजवादीले कम्तीमा २५ सिट र जसपाले २२ दाबी गरेको छ।

प्रकाशित: २० आश्विन २०७९ ०४:५५ बिहीबार

गठबन्धन