राजनीति

राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई दसैँकाे टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले बिजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन्।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन्। टीका लगाउनको लागि सर्वसाधारण राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए।

प्रकाशित: १९ आश्विन २०७९ ११:५२ बुधबार

विद्यादेवी भण्डारी