राजनीति

निर्वाचन कार्यालयहरु स्थापना हुँदै

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम आजदेखि सुरु भएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार यही असोज २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्ने छन्।

प्रकाशित: १५ आश्विन २०७९ १२:०४ शनिबार

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन कमल भट्टराई केन्द्रीय निर्वाचन आयोग