राजनीति

सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग तालमेलको ढोका खुल्ला राख्ने

कम सिट पाउने भएपछि जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धनमा भइरहेको सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ।

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो। प्रवक्ता मनिष सुमनले पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन भए पनि विकल्पमा अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय गरेको बताए।

नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७र१८ सिट जसपाले पाउने भएको हो।यस्तै प्रदेश अन्तर्गत मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ।

प्रकाशित: १५ आश्विन २०७९ ११:५९ शनिबार

जनता समाजवादी पार्टी