राजनीति

‘मुलुकको समृद्धि र विकास निर्वाचनको मुद्दा हो’

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको चुनावी मुद्दा मुलुकको आर्थिक विकास र समृद्धि भएको बताएका छन्।

दशैं पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सामाजिक सद्भाव र देश बनाउने रहेको बताए।

नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण गर्नुपर्ने बताए।

उनले आगामी निर्वाचनबाट पर्वका अवसरमा गाउँ-गाउँमा जाँदा राष्ट्र र जनताका लागि काम गर्ने उम्मेदवारलाई मतदान गर्ने विषयमा छलफल गर्न आग्रह गरे।

प्रकाशित: १४ आश्विन २०७९ १४:२५ शुक्रबार

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल