राजनीति

काँग्रेसको टिकट वितरणमा न्याय भएन: नेता शिवाकाेटी

नेपाली काँग्रेसका नेता अजयबाबु शिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि विरोधमा गएको दाबी गरेका छन्।  

बिहीबार काठमाडौँमा आयोजित डा. शेखर कोइराला पक्षको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताएका छन्। उनले गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्ने बताए।

‘समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा गएका छन्। ठूलो असन्तुष्टि छ, यसको सम्बोधन नगरी चुनावमा गए यसको घाटा गठबन्धनलाई नै पर्छ।‘ उनले भने, ’गठबन्धन अघि बढाउने हो भने बन्दसूची संशोधन हुनुपर्छ। २३ गतेबाट हुने उम्मेदवारमा पनि न्यायोचित टिकट वितरण हुनुपर्छ। हाम्रो टिकट वितरणमा न्याय भएन।’

प्रकाशित: १३ आश्विन २०७९ ०८:१३ बिहीबार

नेपाली कांग्रेस