राजनीति

उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक

नेकपा एमालेले प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ।  

पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको हो। ओलीले बैठकका एजेन्डा प्राप्त नभए पनि प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल हुने बताएका छन् ।

नेकपा एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने जनाएको छ। निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ।

प्रकाशित: १३ आश्विन २०७९ ०३:२१ बिहीबार

नेकपा एमाले