राजनीति

काँग्रेस पदाधिकारी बैठकमा समानुपातिकको नाममाथि छलफल गरिँदै

अहिले नेपाली काँग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।

आगामी मंसिर ४ मा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजेदेखि पदाधिकारी बैठक बसेको हो।

यसअघि समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको थियाे।

प्रकाशित: ११ आश्विन २०७९ ०९:३६ मंगलबार

नेपाली काँग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटार