राजनीति

टुंगिएन गठबन्धनको सिट बाँडफाँट, बालुवाटारमा बैठक जारी

फाइल तस्बिर।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट लागि सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको छ।

सिट भागबण्डा गर्न गठबन्धन बैठक पटक पटक बस्दै आएपनि सहमति जुट्न सकेको छैन। सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट संख्यामा चाँडो सहमति जुटाउनुपर्ने पक्षमा छन्।

गठबन्धनले सिट बाँडफाँटबारे छलफल गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

प्रकाशित: ११ आश्विन २०७९ ०७:२६ मंगलबार

सत्ता गठबन्धन