राजनीति

राष्ट्रपति भण्डारी चितवन आउँदै

चितवन–राष्ट्रपति विद्यादेवी भण्डारीले आज चितवन रत्ननगरमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधरणसभा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।महासंघको साधरणसभा उद्घाटन अघि नारायणगढ नजिकै नवलपरासी गैंडाकोटको डाँडाको टाकुरामा रहेको मौलाकालिका मन्दिरमा राष्ट्रपति भण्डारीबाट पूजा अर्चना हुने छ ।

पत्रकार महासंघको साधरणसभाले विधान संसोधन पारित गर्दै छ। साधरणसभा महासंघका सभासद् रहेका देशभरका एक हजार छ सय ५१ पत्रकार सहभागी हुँदै छन् । मौलाकालिका मन्दिरमा राष्ट्रपति भण्डारीले भोजनालय र पर्यटक विश्राम गृहको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सचिव शालिकराम सापकोटाले जानकारी दिए ।

प्रकाशित: २० वैशाख २०७३ २२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App