राजनीति

नयाँ घरमा प्रवेश गरे दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नयाँ घरमा सरेका छन्। भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा रहेको दाहाल टोलमा बनेको एकतले घरमा दाहाल आज सरेका हुन्।  

प्रचण्डसहित उनको पत्नी सीता दाहाल नयाँ घरमा सरेका हुन्। करिब १० कट्ठा जमिनको बिचमा घर बनाइएको छ। सो घर माघ महिनाबाट बनाउन सुरु गरिएको थियो। निर्माणको जिम्मा शिवनगरका बेगबहादुर गुरूङले प्रतिस्क्वायर फिट ४६० रुपैयाँ पाउने गरी लिएका थिए। ५० फिट लम्बाइ ३५ फिट चौडाई रहेको छ। जमिन दाहालको पैतृक सम्पत्ति हो।  

बाबु मुक्तिराम दाहालले २०४८ सालतिर यहाँको रहेको केही जमिन बिक्री गरेपछि करिब ६ कट्ठा मात्रै बाँकी रहेको थियो। २०७४ को चुनावमा भरतपुर महानगरपालिका वडा नं.१४ शिवनगरमा घर भाडामा लिएर केही महिना बसेका दाहालले त्यही वडामा घर बनाएका छन्।  

अहिले प्रतिनिधि सभाको चुनावको मिति घोषणा संगै दाहाल आफ्नै घरमा सरेका हुन्। पत्नी सीता दाहाललाई पनि सोही घरमा केही दिन बस्ने छिन्।  दाहाल भोलि बिहान सडक मार्गको प्रयोग गरेर राजधानी जाने कार्यक्रम छ।

प्रकाशित: १० आश्विन २०७९ ०७:२९ सोमबार

अध्यक्ष पुष्पकमल दाहाल