राजनीति

सञ्चारग्राम स्थापनामा एक करोड विनियोजन: मुख्यमन्त्री पाण्डे

फाइल तस्बिर।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताएका छन्।  

समाजवादी प्रेस सङ्गठन नेपालको बागमती र उपत्यका प्रदेशको संयुक्त भेलाको उद्घाटनका क्रममा उनले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशभित्र स्थापना गरिएका सबै सञ्चारमाध्यमलाई नवीकरण दस्तुर छुट दिएको बताए। 

मुख्यमन्त्री पाण्डेले समाजमा विद्यमान भ्रष्टाचारको न्यूनीकरणका लागि पत्रकार क्रियाशील भई सुशासन कायम गर्न सकिने र उनीहरुका सङ्गठनमा संविधानअनुसारको विभाग राख्न उपयुक्त हुने बताए।

प्रकाशित: ८ आश्विन २०७९ १०:०७ शनिबार

मुख्यमन्त्री राजेन्द्र पाण्डे