राजनीति

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियु कमिटिको प्रदर्शन

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटिले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ।

अनेरास्ववियुले रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस अगाडी प्रदर्शन गरेको हो। संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ।

अनेरास्ववियु आरआर कमिटिका सह सचिव विजन रेग्मीले,'नागरिकता विधेयक पुनः राष्ट्रपति बिद्या देवि भण्डारीले प्रमाणीकरणको निम्ति अस्वीकृत गरि निष्क्रिय पारिदिएसंगै सिंगाे देशको शिर उचो भएको बताएका छन्। 

उनले देशलाई फिजिकरण हुन बाट राष्ट्रपतिले पुनः जोगाएको भन्दैं अब केही दिन भारतीय कम्फोर्टबेल दलाल गठबन्धनका भिजिलन्ते लेण्डुपेहरुको छटपटी हुने बताए। एमाले निकट अनेरास्ववियुले भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकोमा समर्थन गर्दै प्रदर्शन गरेको हो।

प्रकाशित: ५ आश्विन २०७९ ०७:३८ बुधबार

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अनेरास्ववियुले रत्न राज्य लक्ष्मी (आरआर)