आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा ११ सदस्यीय कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँट र समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बैठकमा सहभागी एक नेताले बताए। ती नेताका अनुसार ४ बजे पुनः बैठक बसेर ठोस छलफल गर्ने सहमति भएको छ।
निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरु प्रत्यक्ष तर्फका उम्मेदवार छनोटमा लागेका हुन्।
प्रकाशित: ४ आश्विन २०७९ ०७:४३ मंगलबार