नेपाली कांग्रेसको टोली समानुपातिक तर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेको छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन अहिले निर्वाचन आयोग पुगेको छ।
महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुगेकाे कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। साथै बन्द सूचीकै बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको पार्टी कार्यालयले जनाएको छ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय निर्धारण गरेको थियो।
प्रकाशित: ३ आश्विन २०७९ ११:३८ सोमबार