समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची तयार पार्न नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा बसिरहेको छ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बनाउन बैठक बसिरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई असोज २ र ३ गते बन्द सूची पेश गर्न आग्रह गरेको थियो।
प्रकाशित: २ आश्विन २०७९ १०:०० आइतबार