राजनीति

समानुपातिकको बन्द सूची तयार पार्न माओवादीले बनायो कार्यदल

आगामी निर्वाचनका लागी समानुपातिकको बन्द सूची तयार पार्न नेकपा माओवादी केन्द्रले महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको छ।

आइतबार बसेको माओवादी पदाधिकारी बैठकले महासचिव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको छ। कार्यदललाई सूची बढाउने र घटाउने, मापदण्ड पूरा भए-नभएको जाँच गर्ने र क्लस्टर मिलाउने जिम्मेवारी दिइएको छ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ।

प्रकाशित: २ आश्विन २०७९ ०७:४३ आइतबार

नेकपा माओवादी केन्द्र