राजनीति

जसपा नेतृ रेणुका गुरुङ राप्रपामा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) नेपालकी  नेतृ रेणुका गुरुङ राप्रपामा प्रवेश गरेकी छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार जसपा नेतृ गुरुङ, सशस्त्र प्रहरी बलका पूर्वएआईजी पूर्वएआईजी ठाकुर श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य, महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी लगायत १६४ जना राप्रपामा प्रवेश गरेका हुन्।

शनिबार पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

गुरुङ केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री भएकी थिइन्।

प्रकाशित: २ आश्विन २०७९ ०६:५९ आइतबार

रेणुका गुरुङ