राजनीति

एमाले सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज ११ बजे बस्न लागेको हो।  

आजको बैठकमा आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उमेदवारको नामावली तयार गरिने बताइएको छ। शनिबार पनि बसेको  बैठकले उम्मेदवारको सूची तयार गर्न सकेको थिएन्।  

शनिबारको बैठकमा संघीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो।

प्रकाशित: २ आश्विन २०७९ ०१:४४ आइतबार

नेकपा एमाले