राजनीति

जबरासँग पुरक बयान सुरु

फाइल तस्बिर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान सुरु भएको छ।महाअभियोग सिफारिस समितिले जबरासँग आज पुरक प्रश्नहरु सोधेर बयान लिन सुरु गरेको हो। 

यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर सोधपुछ गरेको थियो। त्यसक्रममा जबराले बिभिन्न आरोप लगाएका कानुन व्यवसायीहरुसँग समितिले बिहीबार छलफल गरेको थियो। 

कानुन व्यवसायीहरुसँगको छलफल बिहीबार नै सकिएको छ।

प्रकाशित: ३१ भाद्र २०७९ ०४:५२ शुक्रबार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा