राजनीति

जबराले आरोप लगाएका वकिलहरु समितिको बैठकमा उपस्थित

फाइल तस्बिर।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोप लगाएका कानुन व्यवसायीहरू महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि उपस्थित भएका छन्।

उनीहरू चोलेन्द्रविरुद्ध बयान दिन बैठकमा उपस्थित  भएका हुन्। बयानका क्रममा राणाले पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, बारका नेतालाई विभिन्न आरोप लगाएका थिए।

सिफारिस समितिले बोलाएपछि नेपाल बार एशोसियशनका पूर्वअध्यक्षहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, रमण श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, अञ्जिता खनाल, ओमप्रकाश अर्याल, गोपालप्रकाश अर्याल र गोपालकृष्ण घिमिरे उपस्थित भएका छन्। पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरु भने आउन मानेन्।

प्रकाशित: ३० भाद्र २०७९ १०:१३ बिहीबार

चोलेन्द्रशमशेर जबरा