राजनीति

स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री शनिबार बेलायत जाने

परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको लण्डनमा हुने राजकीय अन्त्येष्टिमा सहभागी हुने भएका छन्।

बकिङ्घम प्यालेसका अनुसार स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टि सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबेमा हुनेछ।

परराष्ट्रमन्त्री डा. खड्का नेपालको प्रतिनिधित्व गर्दै अन्तिम संस्कारमा सहभागी हुने प्रधानमन्त्री कार्यालय नजिकको स्रोतले जनाएको छ। परराष्ट्रमन्त्री डा. खड्का शनिबार लण्डन जाने कार्यक्रम छ।

प्रकाशित: २९ भाद्र २०७९ १२:५१ बुधबार

परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वर्गीय महारानी एलिजाबेथ द्वितीय बकिङ्घम प्यालेस