राजनीति

संसदलाई निर्देशन दिने अधिकार निर्वाचन आयोगलाई छैनः यशोदा गुरुङ

सांसद यशोदा गुरुङ सुवेदीले सार्वभौम संसदलाई निर्देशन गर्ने अधिकार निर्वाचन आयोगलाई नभएको बताएकी छिन्। उनले निर्वाचन आयोगले असोज १ गते राति १२ बजेपछि संसदको अवधि सकिने भन्ने पत्र पठाएकोप्रति असन्तुष्टि व्यक्त गरिन्।

त्यस्तै सांसद राजन केसीले सांसदलाई निर्वाचन आयोगले चिनाउने हो वा संसदले चिनाउने स्पष्ट हुनुपर्ने बताए। उनले सांसद निर्वाचित भएर शपथ नखाएसम्म संसदको नयाँ कार्यकाल सुरु नहुने व्यवस्था रहेको उल्लेख गरे।

प्रकाशित: २९ भाद्र २०७९ १०:०४ बुधबार

सांसद यशोदा गुरुङ सुवेदी निर्वाचन आयोग