राजनीति

सांसदहरुको हाजिर बायोम्याट्रिक प्रणालीमा हुनुपर्छः भीमसेनदास प्रधान

प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउने सांसदहरुको मूल्यांकन नभएको गुनासो गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले यस्तो गुनासो गरेका हुन्। उनले अब बन्ने संसदमा सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गर्न माग गरे।

सांसद प्रधानले संसद बैठकमा गणकपुरक संख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै संसदहरुप्रति नकारात्मक समाचार बाहिर गएको बताए। उनले सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरी संसदमा बस्ने र नबस्ने सांसदहरुको सही मूल्यांकन हुनुपर्ने बताए।

प्रकाशित: २९ भाद्र २०७९ ०९:५० बुधबार

प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधान प्रतिनिधि सभा बैठक